वीरगन्ज :

कांग्रेस, माओवादीसहितका चार दलका शीर्ष नेता बालुवाटारमा छलफलमा

श्रेणी : BANNER

2 years
birgunj report
28Views
0 Shares

काठमाडौं । चार राजनीतिक दलका शीर्ष नेताको बैठक बालुवाटारमा बसिरहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवासमा बसिरहेको हो ।

राष्ट्रपति उम्मेदवार चयनका विषयमा छलफल गर्न बैठक बसिरहेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् । यसअघि बुधबार र बिहीबार प्रधानमन्त्रीले यी दलसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *