वीरगन्ज :

कांग्रेस पदाधिकारी बैठक आज, भिजिट भिसा विवाद र सदस्यता नवीकरण मुख्य एजेन्डा

श्रेणी : प्रदेश

4 months
Pradeep Sah
2.8kViews
1154 Shares

काठमाडौं,१२ जेठ । नेपाली कांग्रेसको शीर्ष नेतृत्व आज बिहान बुढानीलकण्ठमा बस्दैछ। सभापति शेरबहादुर देउवाको निवासमा बिहान ९ बजेका लागि बोलाइएको पदाधिकारी बैठकमा समसामयिक राजनीतिक विषयहरू र पछिल्लो समय चर्चामा रहेको भिजिट भिसा प्रकरणमाथि विशेष छलफल हुने भएको छ।

गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि पार्टीभित्र चासो र असमझदारी बढेको अवस्थामा सभापति देउवाले पदाधिकारी बैठक आह्वान गरेका हुन्। बैठकमा उक्त विषयमा स्पष्ट धारणा बनाउने प्रयास हुने स्रोतले जनाएको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको अर्को प्रमुख एजेन्डा पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धी प्रगति हो। महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको समितिले हालसम्मको प्रक्रिया र बाँकी कामबारे पदाधिकारीलाई जानकारी गराउनेछ।

क्रियाशील सदस्यता टुंगो नलागेपछि आगामी महाधिवेशन निर्धारित समयमै हुन कठिन हुने देखिएको छ। यो विषयमा स्पष्ट निर्णय लिनुपर्ने दबाब पनि बढ्दो छ।

गृहमन्त्री लेखकमाथिको आरोप र महाधिवेशन तयारीमा भइरहेको ढिलाइले कांग्रेसभित्र नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएको छ। आजको बैठकमा यी विषयले थप बहस र निर्णयको रूप लिने अनुमान गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *