वीरगन्ज :

कांग्रेस नेताहरुलाई प्रधानमन्त्रीको जवाफः पार्टीमा छलफल गरी निर्णय दिन्छु

श्रेणी : BANNER

2 years
birgunj report
113Views
0 Shares

काठमाडौँ । राष्ट्रपतिको निर्वाचनका विषयमा कांग्रेसका शीर्ष नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौलाले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

भेटमा कांग्रेस नेताहरुले राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्रीले पार्टीभित्र छलफल गरेर यसबारे निर्णय दिने बताएका छन् ।

कांग्रेस नेता रामचन्द्र पौडेलले छलफल सकारात्मक भएको र प्रधानमन्त्रीले पार्टीभित्र छलफल गरेर निर्णय दिने भनेको जानकारी दिए ।

राष्ट्रपतिको निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारको मनोनयन दर्ताको समय छ । प्रधानमन्त्रीले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सोमबार अपरान्ह पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *