वीरगन्ज :

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदै

श्रेणी : BANNER

2 years
birgunj report
8Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदै छ । आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । गत मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि पहिलोपटक कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

त्यसैले, आजबाट सुरु हुन लागेको बैठकलाई निकै महत्वका साथ हेरिएको छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी संगठनका विभिन्न विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि सभापति शेरबहादुर देउवाले एजेन्डा तय गर्ने विषयमा छलफल गर्दैछन् । देउवा निवास धुम्बाराहीमा कांग्रेसका शीर्ष नेताहरूसँग बिहान ९ बजे छलफल गरेर एजेन्डा तय गर्ने बताइएको छ । हरेक दुई महिनामा बस्नुपर्ने बैठक सभापति देउवाले पटक पटक सार्दै एक वर्षपछि बस्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *