वीरगन्ज :

कांग्रेससँगको वार्ता समाप्त भएको जोशीको घोषणा

श्रेणी : BANNER

2 years
birgunj report
13Views
0 Shares

काठमाडौं । नेपाली काङ्ग्रेस स्वतन्त्र अभियान चलाइरहेका गोविन्दराज जोशीले नेपाली कांग्रेसका प्रतिनिधिहरुसँगको वार्ता आफूहरुलाई झुक्याउनका लागि मात्र भएको भन्दै वार्ता समाप्त भएको घोषणा गरेका छन् ।

बुधबार विज्ञप्ति जारी गरी जोशीले वार्ता हामीलाई झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस भएकाले समाप्त भएको घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘नेपाली काङ्ग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौँ । आजदेखि नेपाली काङ्ग्रेस सँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा समेत गर्दछौँ । नेपाली काङ्ग्रेसको नामबाट मिति २०७९ चैत्र १९ गतेको आफूले विगतमा गरेका गल्ती प्रति आत्मालोचना गरेको अवस्थामा क्रियाशील सदस्य कायम रहने तथा २०८० साल वैशाख १० गते तनहुँ जिल्ला क्षेत्र नं. १ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार लाई विजयी गराउन क्रियाशील रहेमा क्रियाशील सदस्यता कायम रहने जस्ता वाक्यहरू राखी गरिएको वक्तव्य जालझेलपूर्ण र हामीलाई अपमान गर्ने खालको दस्ताबेज भएको ठहर हामीले गरेका छौँ ।’

वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ मा हुन लागेको उपनिर्वाचनको सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोविन्दराज जोशीका छोरा दीपकसँग छलफल गरेका थिए । तर सो छलफल निष्कर्षविहीन भएको थियो । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।

https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2Fgrjoshinepal%2Fvideos%2F603488011679891%2F&show_text=false&width=560&t=0

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *