वीरगन्ज :

कांग्रेसले विपक्षी दलको हैसियत गुमाएकाले कुनै सुविधा नदिन भन्दै सर्वोच्चमा रिट दर्ता

श्रेणी : राजनीति

2 years
birgunj report
26Views
0 Shares

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिट दर्ता भएको छ । अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध रिट निवेदन दिएका हुन् ।

मंगलबार सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन् । बुधबार रिटको पेसी तोकिएको छ । यसअघि सर्वोच्च प्रशासनले रिट दरपीठ गरिदिएको थियो ।

रिट दर्ता गर्न अस्वीकार गरेपछि त्यसविरुद्ध पोखरेलले निवेदन दिएका थिए । रिटमा नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर विपक्षी दलको हैसियत गुमाएकाले देउवालाई विपक्षी दलको नेता बनाउने निर्णय खारेज गर्न माग गरिएको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कारण देउवालाई संवैधानिक परिषदको बैठकमा उपस्थित हुन समेत रोक लगाउन माग गर्दै विपक्षी दलको कुनै पनि भूमिका नदिन रिटमा माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *