वीरगन्ज :

कांग्रेसबाट सभामुखका लागि न्यौपानेको उम्मेदवारी दर्ता

श्रेणी : BANNER

2 years
birgunj report
11Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।

बुधबार संघीय संसद भवन पुगेर न्यौपानेले उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहेका छन् ।

नेपाली कांग्रेसले न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय आज मात्रै गरेको हो । सभामुखबारे कांग्रेसले आज बिहानदेखि लगातार छलफल गरिरहेको थियो ।

पदाधिकारी बैठकपछि बसेको संसदीय दलको बैठकले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । कांग्रेसलाई एकीकृत समाजवादी र जनता समाजवादीको समर्थन छ ।

सभामुख पदका लागि सत्ता गठबन्धनको तर्फबाट एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराइसकेका छन् । सभामुखको निर्वाचन भोलि हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *