वीरगन्ज :

कांग्रेसको घोषणापत्र संशोधनसहित पारित

श्रेणी : राजनीति

3 years
birgunj report
34Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको हो । पार्टी कार्यालय सानेपामा बसेको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको घोषणापत्र लेखन समितिका प्रवक्तासमेत रहेका सह–महामन्त्री जीवन परियारले जानकारी दिए ।

बैठकमा घोषणापत्र लेखन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौदा पेस गरेका थिए । शर्माको संयोजकत्वमा ४१ सदस्यीय समिति बनेको थियो।

निरन्तरतामा नविनता दिने गरी घोषणापत्र तयार पारिएको प्रवक्ता परियारले बताए। अर्थविद् डा. स्वर्णीम वाग्लेको संयोजकत्वमा डा.गोविन्दराज पोखरेल,गेजा शर्मा वाग्ले, डा. कृष्ण पौडेल, प्रताप पौडेल लगायत ६ सदस्सीय प्रारम्भिक मस्यौदा उपसमिति गठन गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *