श्रेणी : BANNER
6Views
0
Shares
काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले निर्वाचन आयोगको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । कुनै उम्मेदवारलाई मतदान गरौं वा नगरौं पनि भन्न नपाइने आयोगको कार्यशेलीप्रति रावलले आपत्ति जनाएका हुन् ।
उनले भनेका छन्, ‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ’शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ’विजयी’ घोषणा गरिदिए कसो होला ? यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध छ ।’
प्रतिक्रिया