वीरगन्ज :

कल्भर्ट निर्माणका क्रममा करेन्ट लागेर मजदुरको मृत्यु

श्रेणी : मधेस

3 weeks
Pradeep Sah
3.0kViews
1752 Shares

जनकपुर,२३ असार । महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट निर्माणको काममा खटिएका एक मजदुरको करेन्ट लागेर ज्यान गएको छ। मृतक रामगोपालपुर नगरपालिका–५ का ३२ वर्षीय छटु मुखिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले पुष्टि गरेको छ।

प्राप्त जानकारीअनुसार भोयल निम्किया गाउँस्थित कृषि सडकमा कल्भर्ट निर्माणको काम गर्दै गर्दा अचानक माथिबाट विद्युत्को तार चुँडिएर खस्दा मजदुर मुखियाको शरीरमा करेन्ट लागेको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार प्रयास भए पनि घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीय रोशनकुमार यादवले जानकारी दिए।

स्थानीय बासिन्दा र पीडित परिवारले उक्त घटनामा विद्युत् प्राधिकरणको लापरबाही रहेको गम्भीर आरोप लगाएका छन्। “जसरी काम भइरहेको स्थानमाथि खुला तार चुँडिन पुग्यो, यो सरासर लापरबाही हो,” एक स्थानीयले भने।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार, “घटनास्थलको सर्जमिन गरिएको छ, र शवलाई परीक्षणका लागि अस्पताल पठाउने तयारी भइरहेको छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *