वीरगन्ज :

कलैया यातायात कार्यालयमा गम्भीर भ्रष्टाचार: पत्रकारलाई घूस प्रस्ताव र फसाउने षड्यन्त्र

श्रेणी : BANNER

4 months
Pradeep Sah
2.8kViews
1599 Shares

कलैया, बारा – मधेश प्रदेशको कलैयास्थित यातायात कार्यालयमा गम्भीर स्तरको संस्थागत भ्रष्टाचार भइरहेको खुलासा नेपाल पोष्ट डेलीले प्रकाशित गरेको समाचार श्रृंखलाबाट भएको छ। समाचार सार्वजनिक भएपछि पत्रकारलाई घूस प्रस्ताव गर्ने, मानसिक दबाब दिने र उल्टै फसाउने प्रयाससम्म भएको पुष्टि भएको छ।

नेपाल पोष्ट डेलीले विगत तीन दिनदेखि कार्यालय प्रमुख अरविन्दर दासको संलग्नतामा नियमविपरीत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण भइरहेको तथ्य उजागर गर्दै आएको छ। स्रोतहरूका अनुसार मोटरसाइकल, स्कुटर र कारको लाइसेन्स १० हजारदेखि ३५ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ, जसको ५०–६० प्रतिशत रकम प्रमुख दासले आफैँ राख्ने गरेका छन्।

त्यसबाहेक, ट्रायल परीक्षा हप्तै पिछे सञ्चालन हुने गरेको छ। यो प्रक्रिया प्रमुख दास, ट्रायल प्रमुख जीवन पौडेल र सेटिङ एजेन्ट सत्यानारायणको मिलेमतोमा सञ्चालन हुने गरेको छ। ट्रायलमा सहभागी ८० प्रतिशतभन्दा बढी उम्मेदवार पास गराइन्छन्, जसको लागि रकम अग्रिम रूपमा उठाइएको हुन्छ।

नेपाल पोस्ट डेलीले यो विषयमा सूचना अधिकार ऐनअन्तर्गत आधिकारिक जानकारी माग गरेको थियो। तर पटक–पटक यातायात कार्यालय पुगे पनि कुनै जानकारी दिइएन, बरु सूचना लुकाउने प्रयास गरिएको थियो। अन्ततः वैकल्पिक स्रोतबाट प्राप्त प्रमाणहरूका आधारमा समाचार प्रकाशित गरिएको हो।

पत्रकारमाथि घूस प्रस्ताव र फसाउने प्रयास

समाचार सार्वजनिक भएपछि कार्यालयका एक कर्मचारीले पत्रकारलाई व्हाट्सएपमार्फत च्याट गर्दै यस्तो लेखे:

सर नमस्कार, म आफैँ ऋणमा डुबेर बरबाद भएको छु, बैंकले आज या भोलि घर लिलाम गर्छ भनेर दबाब दिएको छ। म सिधै भन्न चाहन्छु, यदि २–४ हजार रुपैयाँको कुरा हो भने भन्नुहोस्, म दिन्छु। तर पैसा दिन म कतैबाट सक्षम छैन।

आफ्नो व्यक्तिगत संकट देखाएर पत्रकारलाई सहानुभूति लादिउँदै घूस प्रस्ताव गरिएको थियो। त्यसपछि उनले थप च्याटमा लेखे:

“पैसाको कुरा भा’को थियो नि।” च्याटकाे पहिलाे हरफमै  यसरी हुदै नभएकाे कुरा गरेर ती कर्मचारीले पत्रकार फसाउने प्रयास गरे । न्युज लेखेकै कारणा पत्रकारमाथि उल्टै दोषारोपण गर्ने प्रयास गरे । तर नेपाल पोष्ट डेलीका पत्रकारले स्पष्ट जवाफ फर्काए:

“म बिक्री हुने पत्रकार होइन।”

स्थानीय बासिन्दा, ट्राफिक विज्ञ र नागरिक समाजले यो घटनाले पत्रकारिताको स्वतन्त्रता, निष्पक्षता र सार्वजनिक हितमा कार्यरत व्यक्तिहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको बताउँदै, यस्ता भ्रष्टाचारविरुद्ध तत्काल छानबिन गर्न माग गरेका छन्।

नेपाल पोस्ट डेलीले सत्य र निष्पक्ष पत्रकारिताको पक्षमा अडिग रहँदै, जनहितमा कलम चलाउने पत्रकारमाथि हुने दवाव, घूसको प्रस्ताव र बदनाम गर्ने षड्यन्त्रको कडा विरोध जनाएको छ।

अहिले यातायात व्यवस्था कार्यालय बाराले आफ्नो भ्रष्टाचारलाई ढाकछोप गर्न राजस्व बृद्धि भएको भन्दै समाचारहरु प्रकाशन गर्न लागएका छ । तर राजस्व संकलन र भ्रष्टाचार अलग अलग बिषय भएको नेपाल पोष्टको ठहर छ । यातायात व्यवस्था कार्यालय बाराका हाकिम मोटो रहक मुख्यमन्त्री एवं श्रम तथा यातायात मन्त्रीलाई बुझाउने गरेको धाक दिदै आफुलाई कसैले हलाउन नसक्ने नसक्ने दावी गर्दै आएका छन् । सभारः नेपाल पष्ठ डेली डट कम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *