श्रेणी : BANNER
कलैया । बाराको कलैयामा रहेको प्रादेशिक अस्पतालमा लामो समयपछि डाईलासिस र इन्डोस्कोपी सेवाहरु सुचारु भएको छ । बुधबार दिउसो एक कार्यक्रमका बीच मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले अस्पतालमा रहेको तीनवटा वार्डहरुको उद्घाटन गरेपछि अस्पताल बाट प्रदान गरिने सेवाहरु संचालनमा आएको हाे ।
मुख्यमन्त्री यादवले अस्पतालमा डाइलासिस, इन्डोस्कोपी र नवजात शिशुहरुको लागी एनआईसियु वार्डहरुको उद्घाटन गरे संगै बुधबारबाट तिनवटै वाडहरुको सेवा सुचारु भएका छ । मुख्यमन्त्री यादवले आफुले नै संघको स्वास्थ राज्यमन्त्री हुँदा कलैयामा रहेको अस्पताललाई स्तर उन्नति गरि ५० शैया बनाएको र त्यसपछि आफैले १०० शैयाको अस्पताल बनाएको भन्दै हरेक जिल्लाको हरेक नागरिकले सहज उपचार प्राप्त गर्नको लागि मैले आवश्यक पर्ने सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अजय गुप्ताले डाइलासिस सेवा शुरु भए संगै दैनिक १५ जना असहाय गरिब बिपन्न बर्गकाले सेवाहरु प्राप्त गर्न सकिने बताए । बुधबार नै मुख्यमन्त्री यादवले अस्पतालको अनुगमन समेत गरेका थिए ।
अनुगमनको क्रममा मुख्यमन्त्रीलाई अस्पतालको बारेमा केही कुरा राख्दै मेसु गुप्ताले अस्पतालका लागि सिटि स्क्यान मेसिन र ईको मेसिनहरु उपलब्ध गराईदिन आग्रह समेत गरे । प्रादेशिक अस्पताल कलैयाले अब चाहिने सबै सेवा सुबिधाहरु बिस्तारै प्रवाह गर्दै जाने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गुप्ताले बताए । कालिका टाईम्स
प्रतिक्रिया