वीरगन्ज :

कलैया उपमहानगरपालिकाले बसपार्क व्यवस्थित गर्दै

श्रेणी : मधेस

3 weeks
Pradeep Sah
2.9kViews
1816 Shares

कलैया,०६ चैत । कलैया उपमहानगरपालिकाले वडा–४ स्थित बसपार्कलाई व्यवस्थित गर्दै आगामी वैशाख १ गतेदेखि औपचारिक रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

बुधबार नगरपालिकाको सभाहलमा नगर प्रमुख विनोद साहको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले बसपार्क सञ्चालनका लागि आवश्यक पूर्वतयारी चैत मसान्तभित्र पूरा गर्ने निर्णय गरेको हो। बैठकमा जनप्रतिनिधि, सुरक्षा प्रमुख, बस तथा अन्य यातायात व्यवसायी संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बसपार्क सञ्चालनका लागि मुख्य निर्णयहरू: भौतिक संरचनाको व्यवस्थापन गर्दै टिकट काउन्टर स्थापना गरिने। बसपार्कभित्रै यात्रु चढ्ने र ओर्लने व्यवस्था लागू गरिने। गाडी इन्ट्री तथा त्यसको रेकर्ड राख्ने प्रणाली लागू गरिने। बसपार्क सञ्चालनका लागि उपमहानगरपालिकाले कार्यविधि बनाउने।

नगर प्रमुख विनोद साहका अनुसार नगरभर छरिएका ई-रिक्सा तथा साना सवारीहरूलाई निश्चित रुटअनुसार सञ्चालन गर्ने तथा भाडादर निर्धारण गर्ने तयारी भइरहेको छ। यी सवारी साधनलाई अनिवार्य रूपमा उपमहानगरपालिकामा दर्ता गर्नुपर्ने व्यवस्था गरिँदैछ।

बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले कलैयामा व्यवस्थित बसपार्कको आवश्यकता रहेको उल्लेख गर्दै यसको प्रभावकारी सञ्चालनका लागि सबै पक्षबीच समन्वय आवश्यक हुने बताए। उनले सुरक्षा तथा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय सधैं तयार रहेको पनि जनाए।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत नाथु साह, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, बस व्यवसायी, ई-रिक्सा, अटो तथा साना सवारी व्यवसायीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *