वीरगन्ज :

कलैयामा सवारी दुर्घटनामा युवकको मृत्यु, स्थानीय आन्दोलित

श्रेणी : दुर्घटना

7 days
Pradeep Sah
1.7kViews
1402 Shares

बीरगन्ज,०९ भदौ । बाराको कलैया उपमहानगरपालिका–२३ सिसहनिया चौकमा आइतबार राति भएको सवारी दुर्घटनामा एक मोटरसाइकल चालकको ज्यान गएको छ। मृतकको परिचय कलैया–२३ का उपेन्द्र राउत कुर्मी रहेको प्रहरीले पुष्टि गरेको छ।

प्रहरीका अनुसार, बा ५९ प ४०५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज १९४१ नम्बरको टाटा सुमो एकआपसमा ठोकिँदा कुर्मी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल अस्पताल पुर्याइएको भए पनि उपचारको क्रममा मृत्यु भएको हो।

घटनापछि आक्रोशित स्थानीयले बैराठपुर चौकमा टायर बाल्दै सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन्। उनीहरूले सुरक्षित यातायात व्यवस्था सुनिश्चित गर्न र दुर्घटनामा संलग्न चालकलाई कडा कारबाही गर्न माग गरेका छन्।

प्रदर्शनका कारण सडक अवरुद्ध भएपछि प्रहरी टोली घटनास्थलमा खटिएको छ। बाराका प्रहरी अधिकारीहरूले स्थानीयसँग वार्ता गर्दै स्थिति नियन्त्रणमा लिन पहल भइरहेको जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *