वीरगन्ज :

कलैयामा कुटपिट हत्या प्रकरण : न्यायको माग गर्दै प्रदर्शन

श्रेणी : अपराध

8 months
Pradeep Sah
3.1kViews
1627 Shares

बारा,०४ फाल्गुन । कलैया–९ का प्रदीपप्रसाद मण्डलको कुटपिट गरी हत्या गर्नेलाई कारबाहीको माग गर्दै आइतबार कलैयामा विरोध प्रदर्शन गरिएको छ।

कलैयाको रामपुरबाट निस्किएको विरोध र्‍यालीले कलैया बजारको परिक्रमा गरी जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई घेराउ गरेको थियो। प्रहरी, प्रशासनलाई केही नेताहरूले प्रभावमा पर्न खोजिएका भन्दै आज उनीहरूको विरुद्धमा प्रदर्शन गर्नु परेको मृतकका दाइ श्यामसुन्दर मण्डलले बताए।

उपमहानगरपालिका–३ कलैया बजारस्थित नवजन्म पुनर्स्थापना केन्द्रमा भर्ना गरिएका मण्डलको गत बिहीबार राति कुटेर हत्या गरिएको थियो।

दुर्व्यसनमा फसेका उनलाई सुधार्न साहेबबाबु अन्सारीले सञ्चालन गरेको नवजन्म पुनर्स्थापना केन्द्रमा भर्ना भएको बताइएको छ। कुटपिटमा संलग्न रहेका भनिएका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएर राेखेको छ।

पक्राउ पर्नेमा नजिर सर्राफ, मोहम्मद आसिम मियाँ, सागर गुप्ता, परमेश्वर साह, अरुण सर्राफ, तामाना अलि र सर्फराज मन्सुर रहेको बाराका प्रहरी प्रमुख सन्तोष तामाङले बताएका छ्न्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *