वीरगन्ज :

कलैयाको घण्टाघर नजिकै नयाँ सार्वजनिक शौचालय सञ्चालन

श्रेणी : मधेस

5 months
Pradeep Sah
2.3kViews
1951 Shares

कलैया,०४ भदौ । कलैया उपमहानगरपालिकाले घण्टाघर नजिकै नयाँ सुविधासम्पन्न सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ।

पुरानो शौचालय लामो समयदेखि जीर्ण अवस्थामा रहेको थियो। सामाजिक अभियन्ता आशिका तामाङले यसको अवस्थाबारे सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गरेपछि निर्माण कार्य तीव्र गतिमा सम्पन्न भएको हो।

उपमहानगरपालिकाले छोटो समयमै नयाँ शौचालय तयार गरी आजदेखि सर्वसाधारणका लागि खुला गरेको छ। मेयर विनोद साहका अनुसार पुरानो शौचालय भत्काएर त्यही स्थानमा घण्टाघरसहित आकर्षक पार्क निर्माण गरिनेछ।

यो कदमले कलैया बजारको सौन्दर्य बढाउनुका साथै सरसफाइमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *