वीरगन्ज :

कलैयाकाे खपरताता खानेपानी आयोजना सञ्चालनमा, मन्त्री यादवले गरे उद्घाटन

श्रेणी : मधेस

8 hours
Pradeep Sah
2.5kViews
1086 Shares

कलैया,२९ वैशाख । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ८ मा निर्माण गरिएको खपरताता खानेपानी आयोजना सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। खानेपानी मन्त्री प्रदीप यादवले आयोजना उद्घाटन गर्दै यसको औपचारिक सुरुआत गरेका हुन्।

नेपाल खानेपानी संस्थानले खपरताता खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट आयोजनाको स्वामित्व ग्रहण गरेसँगै आयोजना पूर्णरूपमा सञ्चालनमा आएको हो। संघीय र प्रदेश सरकारको संयुक्त लागत करिब ३ करोड रुपैयाँ रहेको यो आयोजना स्थानीयवासीका लागि महत्वपूर्ण पूर्वाधारको रूपमा स्थापित भएको छ।

उद्घाटन कार्यक्रममा वडाध्यक्ष रञ्जीत चौरसियाको अध्यक्षता थियो भने जसपा केन्द्रिय कार्यकारिणी सदस्य प्रमोद गुप्ता, पूर्व प्रदेशसभा सदस्य पारस साह, जसपा बाराका जिल्ला अध्यक्ष अजय पटेल, भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद, संघीय परिषद सदस्य असलम आलम, लालदेव यादव, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मुकेश साह, समाजवादी युवा संघ बाराका जिल्ला अध्यक्ष सुजीत पाण्डेसहितका नेताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *