वीरगन्ज :

कर फर्स्योट मुद्दामा दोषी ठहर भएका चुडामणि शर्मासहित तीन जनालाई ९ वषै कैद सजायको फैसला

श्रेणी : BANNER

2 years
birgunj report
89Views
0 Shares

काठमाडौं । विशेष अदालतले राजस्व चुहावट मुद्दामा दोषी ठहर भएका आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई ९ वर्ष कैद सजाय सुनाएको छ ।

मंगलबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना, सदस्य उमेश ढकाल र तत्कालिन महानिर्देशक शर्मालाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको हो ।

कर फर्स्यौट आयोगको सदस्य सचिव रहेको समयमा विभिन्न व्यापारिक कम्पनीबाट असुल्नुपर्ने राजस्व मिनाहा गरेर उनले राज्यकोषमा हानी पुर्याएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । कुल ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रूपैयाँ बिगो कायम भएकोमा तीनैजनाबाट प्रतिव्यक्ति २ अर्ब ५ करोड २३ लाख रुपैयाँ र सोको दोब्बर जरिवाना अदालतले तोकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *