वीरगन्ज :

कर्मचारीलाई व्यक्तिगत विवरण अद्यावधिक गर्न राष्ट्रिय किताबखानाको निर्देशन

श्रेणी : समाज

2 years
birgunj report
9Views
0 Shares

काठमाडौं । राष्ट्रिय किताबखानाले नेपाल सरकारका सचिव तथा सहसचिवसरहका कर्मचारीलाई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

किताबखानाले सूचना प्रकाशित गरी सात दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो । कर्मचारीको सरुवा, बढुवा र पदस्थापन विज्ञताका आधारमा गर्ने सरकारको तयारीपछि किताबखानाले यस्तो सूचना जारी गरेको राष्ट्रिय किताबखानाका महानिर्देशक डा टोकराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार कतिपय कर्मचारीको सुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको र सरुवा, बढुवाको विवरणसमेत अद्यावधिक नरहेकाले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको हो ।

यो निर्णय सबै सेवा समूहका कर्मचारीका लागि लागू हुने महानिर्देशक डा पाण्डेयले बताए । विवरण अद्यावधिक गर्न किताबखानाको वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयं कागजात लिई पुल्चोकस्थित कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिनेछ । हाल निजामती सेवामा सचिवसरहका ७० र सहसचिवसरहका सबै सेवा समूहका झण्डै सात सय ५३ कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *