वीरगन्ज :

कर्मचारीको असहयोगले विकास अवरुद्ध : मुख्यमन्त्री सिंह

श्रेणी : मधेस

1 month
Pradeep Sah
3.0kViews
1933 Shares

जनकपुर,१३ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशको विकास बजेट समयमै र प्रभावकारी रूपमा खर्च हुन नसक्नुको मुख्य कारण कर्मचारीहरूको असहयोग भएको बताएका छन्।

जनकपुरधाममा आयोजित “संघीयता सुदृढीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम”मा बोल्दै उनले प्रदेशमा प्रहरी र प्रशासनिक कर्मचारीको समायोजन प्रक्रिया छिटो टुंगो लगाउनुपर्ने आवश्यकता औँल्याए।

मुख्यमन्त्री सिंहका अनुसार समायोजन भएर आएका कर्मचारीहरूले अपेक्षित सहयोग नगर्दा प्रदेश सरकारले योजनाबद्ध रूपमा बजेट खर्च गर्न सकेको छैन।

उनले ११औं तहका अधिकृतलाई सचिवमा पदोन्नति गर्ने र पालिकामा खटाइने प्रमुख प्रशासकीय अधिकृतहरूलाई प्रदेश सरकारको मातहतमा ल्याउनुपर्ने माग गरे। संघीयता कार्यान्वयनको सन्दर्भमा विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सचिवहरूलाई मुख्यमन्त्री कार्यालयमार्फत पठाएको उदाहरण दिँदै, मधेस प्रदेशमा पनि त्यस्तै अभ्यास आवश्यक रहेको स्पष्ट पारे।

यस्तै, उनले मधेसमा रासायनिक मल र बीउको माग उच्च भए पनि प्रदेशले पाउने कोटा न्यून रहेको भन्दै केन्द्र सरकारसँग जनसंख्याको आधारमा बजेट वितरण गर्नुपर्ने मागसमेत राखे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *