वीरगन्ज :

करैयामाई गाउँपालिका अनुदानमा गहुँको बीउ वितरण गर्दै

श्रेणी : कृषि

1 month
Pradeep Sah
2.5kViews
1246 Shares

वीरगंज (पर्सा), ५ मंसिर । करैयामाई गाउँपालिकाले मंगलबारदेखि किसानहरूलाई अनुदानमा गहुँको बीउ वितरण सुरु गरेको छ । गाउँपालिकाले हेटौंडास्थित कृषि सामग्री कम्पनी लिमिटेड, बागमती प्रादेशिक कार्यालयबाट एन.एल ९७१ जातका गहुँका बीउ १३२ क्विन्टल खरिद गरी किसानहरूसम्म ५०% अनुदानमा वितरण गर्न सुरु गरेकाे हाे ।

गाउँपालिकाका अध्यक्ष शम्भु यादवले किसानहरूले समयमै माग गरे अनुसारको बीउ उपलब्ध गराइएको बताए । साथै उनले यस वर्ष गहुँको उत्पादन राम्रो हुने विश्वास व्यक्त गरे । गाउँपालिका अध्यक्ष यादवकै उपस्थितिमा सुरु भएकाे गहुँको बीउ शुक्रबारसम्म वितरण गरिने गाउँपालिकाको कृषि शाखाका प्रमुख ओमप्रकाश ठाकुरले जानकारी दिए ।

साथै उनले गाउँपालिकाले मकैको टिएमएमएच २९५८ जातको बीउ पनि ५०% अनुदानमा १-२ दिनभित्र किसानहरूमाझ वितरण गर्ने योजना रहेको जानकारी दिए । कृषि क्षेत्रलाई प्राथमिकता दिंदै समयमै बीउ वितरण गरिनु किसानका लागि ठूलो राहत हुने विश्वास गरिएको छ । गहुँ र मकै खेतीको सिजन सुरु भएकाले किसानहरूले यस अवसरलाई राम्रोसँग सदुपयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *