वीरगन्ज :

करेन्ट लागेर वीरगंज कारागारमा एकजना कैदीबन्दीको मृत्यु

श्रेणी : मधेस

12 months
Pradeep Sah
1.6kViews
1973 Shares

वीरगंज (पर्सा), २२ असार । करेन्ट लागेर वीरगंज कारागारमा एक जना कैदीबन्दीको मृत्यु भएको छ । वीरगंज महानगरपालिकाको वडा नम्बर ११ श्रीपुर निवासी ३० वर्षीय अनिल महतो नुनियाको कारागारमा करेन्ट लागेर मृत्यु भएको हो ।

शनिबार विहान करेन्टर लागेर घाइते भएका नुनियाको वीरगंजस्थि नरायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपक भारतीले वताए । वीरगंज कारागारमा ०७५ सालदेखि जेलजीवन बिताउँदै आएका उनी कारागारको मेसमा काम गर्ने समयमा करेन्ट लागेर घाइते भएका थिए ।

प्रहरीका अनुसार जवरजस्ती करणी मुद्दामा कारागार सजाय कटाउँदै आएका उनको मेसमा काम गर्ने समयमा मोटरमा आएको करेन्ट लागेर घाइते भएका थिए ।
मृतक नुनियाको शव अहिले नारायणी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *