श्रेणी : मधेस
2.8kViews
1652
Shares
जनकपुर,२१ पुस । धनुषामा टिभी हेर्न खोज्दा एक बालकको करेन्ट लागेर मृत्यु भएको छ । कमला नगरपालिका-३ पर्सा बस्ने अशोक यादवको छोरा १२ वर्षीय अमरेश यादवको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।
टिभी हेर्न प्लक बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया