वीरगन्ज :

कमलविनायक–नगरकोट सडक ठेकेदारका कारण अलपत्र परेको हो, अब सरकारले सहँदैनः उपप्रधानमन्त्री श्रेष्ठ

श्रेणी : समाज

3 years
birgunj report
53Views
0 Shares

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार बिहान कमलविनायक–नगरकोट सडकको अनुगमन गरेका छन् ।

सडक अनुगमन गर्न गएका मन्त्री श्रेष्ठले अब सडक अलपत्र पार्ने ठेकेदारको कामलाई सरकारले नसहने बताएका छन् ।

उनले भने, ‘अरु कारण होइन यसमा ठेकेदारको उपेक्षा छ । अब हामी सहँदैनौं । अब काम गरेर देखाउनुपर्यो । जनताका गुनासाको सम्बोधन हुनुपर्छ । काम हुन्छ ।’

कमलविनायक–नगरकोट सडकखण्ड शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको छ । पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न नहुँदा जनताले वर्षौंदेखि सास्ती खेपिरहेका छन् ।

अनुगमनमा नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव, मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधिसहितको टोली सहभागी भएको थियो ।

 https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2Fgbijaya90%2Fvideos%2F1729456020804756%2F&show_text=false&width=560&t=0

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *