वीरगन्ज :

कबाडको नाममा जनावरको हड्डी, छाला, जाली नोट सहित विस्फोटक पदार्थको तस्करी, प्रहरी प्रशासन तस्करको सहयोगी

कबाडको नाममा जनावरको हड्डी, छाला, जाली नोट सहित विस्फोटक पदार्थको तस्करी, प्रहरी प्रशासन तस्करको सहयोगी

श्रेणी : BANNER

2 years
Pradeep Sah
20Views
0 Shares

वीरगंज (पर्सा), १२ वैशाख । विगत ४ महिना पूर्ण रुपमा बन्द रहेको वीरगंज रक्सौल तस्करीको लाइन अहिले धमाधम सुचारु भएको छ । प्रहरी प्रशासनसँगको सेटिङ्ग गरेर तस्करले हरियो सिग्नल पाएसँगै तस्करीलाई तिब्रता दिएको हो । अहिले वीरगंज भन्सार छेउमै रहेको चोर नाका हुँदै दिनहुँ करोडौंको सामान भारत तर्फ तस्करी भइरहेको छ । नेपाल भारतको मुख्य प्रवेशद्वारको रुपमा चिनिने वीरगंज रक्सौल स्थित आधा दर्जन भन्दा बढि चोर नाकाहरु छन् । मुख्य भन्सार सडकबाट आउने केही छिटफुट सामानहरुलाई सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको तैनाथ टोलीले समातेर भन्सार बुझाउने गरेतापनि रातिको समयमा चोर नाका हुँदै दिनहुँ करोडौंको बहुमूल्य सामानहरुको साथै जाली नोट एवं विस्फोटक पदार्थको तस्करी हुने गरेतापनि प्रहरीले रोकटोक गर्न सकेको छैन, बरु तस्करी कार्यमा सहयोगी बन्दै आएको छ । वीरगंजको इनर्वा गाउँ स्थित चोर नाकाबाट रातिको समयमा कबाड तस्करीको नाममा बहुमूल्य धातुका सामान, जनावरको हड्डी, छाला, जाली नोट, स्टीलका सामान सहित विस्फोटक पदार्थको समेत तस्करी हुने गरेको छ । गृहमन्त्री रवि लामिछाने नियुक्त भएदेखि बन्द रहेको तस्करी ४ महिना पश्चात चैतको तेश्रो हप्तादेखि तस्करले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा प्रशासनबाट हरियो सिग्नल पाएका थिए । सिग्नल पाए लगत्तै तस्करले ठेलाका ठेला कबाडीको नाममा बहुमूल्य सामानहरु भारत तर्फ तस्करी गर्ने गरेका छन् । नेपाल भारत सीमा क्षेत्रमा खटेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले रातिको समयमा हरियो सिग्नल दिए लगत्तै तैनाथ अवस्थामा रहेको तस्करीको सामान बोकेको ठेलाका ठेला सीमा कटाउने कार्य हुँदै आएको छ । वीरगंज भन्सार स्थित बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी नायब उपरीक्षक आएको केही समय बित्न नपाउँदै इनर्वा गाउँ एवं वीरगंज भन्सार पछाडी रहेको बाँसघारी क्षेत्रबाट सशस्त्र प्रहरीको सेटिङ्गमा दैनिक करोडौं मूल्य बराबरको कबाडीको सामान भारततर्फ तस्करी हुने गरेको छ । कबाडीको नाममा ठुलो मात्रामा जनावरको हड्डी, जनावरको छाला, कालो बारुद्ध, जाली नोट, तामा, पित्तल, किट, एक्सरे, औषधीको रेपर, स्टील ३१६, ३०४, ह्वाईट क्रिटल, रंगीन क्रिस्टल, रिलायन्स पाइप, पञ्जा, सिरिन्च, केबल, ए.बि.एस., ह्वाईट एच.पि., रंगीन एच.पि., लाइलन, कार बम्फर, रेडबुल केन, स्टील पिसि, ग्लुकोज लाइन, सि.पाइप, कसकुट पिस्टन, जिंक, जिंक एस, फ्लक्स सेतो, फ्लक्स कालो, डस्ट सेतो, डस्ट कालो, टायर, ब्याट्री, ब्याट्रीको धुलो, साबुनको माटो लगायतका बहुमूल्य सामानहरु भारत तर्फ निर्यात हुने गरेको छ । कबाडी तस्करीको लाइन पाएका ८ जना तस्करहरुले दैनिक २ देखि अढाई सय ठेला कबाडीको नाममा बहुमूल्य सामानहरु भारततर्फ तस्करी गर्ने गरेका छन् ।

बजारको बहुमूल्य सामानहरु ठेलामा लोड गरि कबाडीको नाममा तस्करी गर्ने गरेका छन्, र सो कार्यमा सशस्त्र प्रहरी एवं नेपाल प्रहरीका सुरक्षाकर्मीहरु सहयोगी बन्दै आएको छ । बहुमूल्य सामानधनीले केयरिङ्ग गर्ने तस्करहरुलाई प्रति केजी रु १३ तथा ठेलावालाहरुलाई प्रति केजी रु ३ को दरले पैसा दिने गरेका छन् । एउटा ठेलावालाहरुले १ टन सामान बोकेर भारततर्फ पु¥याउने गरेका छन् । कबाडीको तस्करी गर्ने इनर्वाका ८ जना व्यक्तिको समूह छ, उनीहरुले मासिक १० देखि १२ करोडसम्म केयरिङ्ग गरेर आम्दानी गर्ने गरेका छन् । रातिको १२ बजे पश्चात इनर्वा गाउँको चोर बाटो हुँदै दैनिक २ देखि अढाई सय ठेला कबाडीको सामानहरु सिमा कटाइन्छ । जब रातिको १२ बज्छ, त्यस क्षेत्रमा रहेको बिजुलीको लाइन काटिन्छ र ठेलाका ठेला तस्करीको सामान सिमा कटाएपछि पुनः लाइन जोडिन्छ । यसरी तस्करहरुको दैनिकी नै बनि सकेको छ । नेपाल भारत दुबै देशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट आफ्नो देशको कबाडी आफ्नो देशमा स्क्रयाप गर्ने सम्झौता पनि भएको छ । तर सम्झौता विपरित तस्करहरुले करोडौं अर्बौको सामान कबाडीको नाममा भारत तस्करी गर्ने गरेका छन् । तस्करहरुले कबाडीको सामान वीरगंजदेखि रक्सौलको रामेश्वर फलमण्डीसम्म पु¥याउने जिम्मा पाएका हुन्छन् । प्रहरी प्रशासनसँगको सेटिङ्ग, मासिक करिब २ करोड कबाडी तस्करीको लाइन पाउनका लागि तस्करका मुख्य नाइके जाली नोट तस्करीको आरोपमा भारतमा ४ वर्ष जेल सजाय काटेका इनर्वाका कुख्यात कबाडी तस्कर । कबाडी तस्करीको नाममा जाली नोट भारतमा लैजाँदै गरेकै अवस्थमा भारतीय प्रहरीले उनलाई पक्राउ गरेको थियो । त्यस पश्चात भारतको युपिको राजधानी लखनउ स्थित ४ वर्ष जेल सजाय काटेर हाल नेपाल आएका व्यक्ति अहिले नेपाली काँग्रेस एवं नेकपा एमालेको नेताको पुच्छर समातेर आफ्नो कारोबारलाई पुनः तिब्रता दिएका छन् । कबाडी तस्करीको नाममा राजनीतिक दलमा राम्रो पक्कड रहेका दुईजना व्यक्तिलाई समातेर कबाडीको लाइन खुल्ला गराएका हुन् । कबाडीको लाइन खुल्ला गर्नको लागि कबाडी तस्करले स्थानीय स्तरदेखि वडा, जिल्ला, प्रदेश हुँदै केन्द्रिय सुरक्षाकर्मीसम्म मासिक २ करोड बराबरको सेटिङ्ग गरेर कबाडीको लाइन खुल्ला गरेको तस्कर श्रोतले बताएको छ । कबाडीको लाईन खुल्ला गर्नको लागि सिमा क्षेत्रमा खटेका सशस्त्र प्रहरीले प्रतिठेला ४ सय रुपैया, जिल्ला प्रहरी कार्यालयको क्राइम ब्रान्चको घुमुवा टोलीले प्रति ठेला ४ सय रुपैया तथा नेपाल प्रहरीले प्रति ठेला ४५० रुपैया संकलन गर्ने गरेको छ । त्यस पश्चात इनर्वा गाउँ स्थित प्रहरी चौकीका इन्चार्जको सेटिङ्ग मासिक ४ लाख, जिल्ला प्रहरी कार्यालयका प्रमुखको मासिक २५ लाख, दुईजना डि.एस.पी.को मासिक ७÷७ लाख, सशस्त्र एस.पी. को मासिक १६ लाख, भन्सार स्थित सशस्त्र प्रहरी नायब उपरीक्षकको मासिक १२ लाख, भन्सार जाँचकी कर्मचारीहरुको मासिक ८ लाख, सशस्त्र प्रहरीको ड्राइभरको मासिक अढाई लाख, जिल्ला प्रशासन कार्यालय पर्साको मासिक १८ लाख, सशस्त्र प्रहरीको प्रादेशिक प्रमुख डि.आई.जि.को मासिक २६ लाख तथा नेपाल प्रहरीका प्रमुखको मासिक ६० लाख रुपैयाको सेटिङ्गमा कबाडीको लाइन खुल्ला गरिएको तस्करी श्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *