
श्रेणी : समाचार
12Views
0
Shares
बुटवल । कपिलवस्तुको चाकर चौडामा भारतीय नागरिकमाथि अज्ञात समुहले गोली प्रहार गरेको छ ।
जिल्लाको मायादेवी गाउँपालिका ४ चाकरचौडामा रहेको एक होटलमा बसेका भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि दुई गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतका अनुसार चाकरचौडा बजारको एक होटलमा रहेका उनलाई काँध र कम्मरमा गरी दुई गोली लागेको छ।
गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पुर्याइएको बस्नेतले बताए ।
गोली हान्ने व्यक्तिको पहिचान नभएको र भारतीय प्रहरीसँगको समन्वयमा खोजी तथा अनुसन्धान अगाडि बढाइएको कपिलबस्तु प्रहरी प्रमुख बस्नेतले बताए ।

प्रतिक्रिया