वीरगन्ज :

कक्षा १२ को परीक्षा तोकिएको मितिमै हुने, भ्रामक सूचना नफैलाउन बोर्डको आग्रह

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.5kViews
1560 Shares

काठमाडौं,१९ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा, अर्थात् वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ। हाल सामाजिक सञ्जालमा परीक्षा मिति परिवर्तन गरिएको भनेर फैलाइएको भ्रमपूर्ण प्रचारप्रति बोर्डले आपत्ति जनाउँदै विद्यार्थीहरूलाई सतर्क रहन आग्रह गरेको छ।

बोर्डले विभिन्न अनधिकृत सामाजिक सञ्जालमार्फत आफ्नो लोगो प्रयोग गरी परीक्षा स्थगित गरिएको भनी प्रचार भइरहेकाले त्यस्ता भ्रामक सूचनामा नपर्न आग्रह गरेको हो। बोर्डका अनुसार, उनीहरूको कुनै आधिकारिक फेसबुक पेज छैन र सबै सूचना बोर्डको वेबसाइटमार्फत मात्र सार्वजनिक हुनेछन्।

यसअघि बोर्डले परीक्षा वैशाख ११ गतेदेखि सुरु गर्ने तयारी गरेको थियो। तर, नेपाल शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा मिति केही सरेको थियो। पछिल्लो चरणमा महासंघसँग सहमति भएपछि परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको बोर्डले जनाएको छ।

बोर्डले परीक्षा मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै परीक्षा केन्द्र प्रमुख, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, अभिभावक, सञ्चारकर्मी र सरोकारवाला सबैको सहयोग अपेक्षा गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *