वीरगन्ज :

कक्षा ११ र १२ का ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.5kViews
1596 Shares

काठमाडौं, ०८ फागुन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले आगामी २०८२ वैशाख २६ गतेदेखि सुरु हुने पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

यस तालिका अनुसार, साधारणतर्फ रजिष्ट्रेशन नम्बरको सुरुवाती दुई अंक ५६ देखि ७७ तथा प्राविधिकतर्फ ७३ देखि ७८ रहेका परीक्षार्थीहरूका लागि परीक्षा सञ्चालन हुने भएको छ ।

साधारण समूहका पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरू र प्राविधिक समूहका आंशिक परीक्षार्थीहरूका लागि तोकिएको मितिबाट परीक्षा सुरु हुनेछ। परीक्षाको विस्तृत तालिका परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रकाशित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *