वीरगन्ज :

औषधि व्यवस्था विभागद्वारा स्वास्थ्य सामग्री विवरण उपलब्ध गराउन आग्रह

श्रेणी : प्रदेश

2 weeks
Pradeep Sah
1.9kViews
1522 Shares

काठमाडौँ,१५ पुस । नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले प्रत्यारोपणयोग्य स्वास्थ्य सामग्री तथा उपकरणको विवरण उपलब्ध गराउन सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ ।

विभागले जारी गरेको अत्यन्त जरुरी सूचनामा प्रत्यारोपणयोग्य स्वास्थ्य सामग्री तथा उपकरणको उत्पादन, निकासी, पैठारी वा बिक्री–वितरणको गुणस्तर कायम गर्न तथा त्यसको प्रभावकारी अनुगमन र निरीक्षणलाई व्यवस्थित गर्न ‘प्रत्यारोपणयोग्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी निर्देशिका, २०७४’ लागू भइसकेको जनाएको छ ।

सूचनाअनुसार अर्थोपेडिक इम्प्लान्ट, इनभिट्रो डायग्नोस्टिक, अपरेशन थिएटरमा प्रयोग हुने स्वास्थ्य सामग्री हृदय तथा शल्यक्रियाजन्य वस्तुहरूजस्ता स्वास्थ्य सामग्री तथा उपकरण उत्पादन गर्ने स्वदेशी उत्पादक र पैठारी गर्ने फर्महरूले तोकिएको विवरण विभागमा बुझाउनुपर्नेछ।

विभागले स्वदेशी उत्पादकको नाम र ठेगाना, पैठारीकर्ताको नाम र ठेगाना, उत्पादकको नाम र ठेगाना तथा स्वास्थ्य सामग्री र उपकरणको नाम स्पष्ट रूपमा उल्लेख गरी विभागको सूचना प्राप्त भएको मितिले ७ दिनभित्र विवरण पठाउन आग्रह गरेको छ । सम्बन्धित सरकारी कार्यालयहरूलाई यस सूचनाको कार्यान्वयनमा सहयोग गर्नसमेत विभागले अनुरोध गरेको छ । सूचना औषधि व्यवस्था विभागका महानिर्देशकद्वारा जारी गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *