वीरगन्ज :

ओली र लेखकलाई आज अदालतमा पेस गरिँदै

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.1kViews
1043 Shares

काठमाडौं,१५ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई आज (आइतबार) अदालतमा पेस गरिने भएको छ। शनिबार पक्राउ परेका उनीहरूलाई सार्वजनिक बिदाका कारण सोही दिन अदालत लैजान नसकिएको थियो।

प्रहरीले दुवै जनालाई काठमाडौं प्रहरी परिसरमा राखेर प्रारम्भिक अनुसन्धान अघि बढाएको छ। आज जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई थप अनुसन्धानका लागि म्याद थप मागिने तयारी गरिएको छ।

कानुनी व्यवस्था अनुसार ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट अनुमति लिएर २४ दिनसम्म हिरासतमा राख्न सकिने प्रावधान छ। तर, त्यसका लागि अदालतको स्वीकृति अनिवार्य हुन्छ।

केपी शर्मा ओली लाई स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना गरिएको छ भने रमेश लेखक लाई प्रहरी हिरासतमा राखिएको छ।

उनीहरूलाई भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ सम्बन्धी घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा पक्राउ गरिएको हो।

आयोगले आन्दोलनका क्रममा भएको मानवीय क्षतिमा लापरबाही र हेलचेक्र्याइँ भएको निष्कर्ष निकाल्दै तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी नेतृत्वमाथि अनुसन्धान तथा कारबाही गर्न सिफारिस गरेको थियो।

यो घटनाक्रमसँगै देशको राजनीतिक वातावरण अझ तनावपूर्ण बन्दै गएको छ भने आजको अदालत प्रक्रिया सबैको चासोको केन्द्रमा रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *