वीरगन्ज :

ओली रिहाइको माग गर्दै एमालेले ७७ वटै जिल्ला प्रशासनमा विरोधपत्र बुझायो

श्रेणी : देश

2 hours
Pradeep Sah
1.7kViews
1078 Shares

काठमाडौं,१५ चैत । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ।

शनिबार निवासबाट पक्राउ परेका ओलीविरुद्ध कारबाही भएको भन्दै एमालेले तत्काल रिहाइको मागसहित देशव्यापी रूपमा ज्ञापनपत्र बुझाएको हो।

पार्टीको सचिवालय बैठकको निर्णयअनुसार जिल्ला कमिटीहरूले आ–आफ्ना प्रशासन कार्यालयमा विरोधपत्र बुझाएका हुन्।

काठमाडौं र ललितपुरमा एमाले कार्यकर्ताहरूले नाराबाजीसहित प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाउँदै धर्नासमेत दिएका थिए।

गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा ओली पक्राउ गरिएको बताइएपछि एमालेले त्यसलाई राजनीतिक प्रतिशोध भन्दै विरोध कार्यक्रम तीव्र पारेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *