
श्रेणी : राजनीति
27Views
0
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहान ओली निवास बालकोट पुगेका हुन् ।
भेटमा समसामयिक राजनीति, राष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिसकेको अवस्थामा मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा पनि उनीहरुबीच छलफल भएको छ ।
मंगलबार प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो ।


प्रतिक्रिया