वीरगन्ज :

एसीसी महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित

श्रेणी : खेलकुद

2 years
birgunj report
28Views
0 Shares

काठमाडौं । हङकमा जारी एसीसी महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । मंगलबार बिहान मोङ कक मैदानमा टस जितेर पहिला बलिङ गरेको नेपालले ८७ रनमा पाकिस्तानलाई रोकेको थियो । ८८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर ७८ रनमात्रै बनाएपछि नेपालले ११ रनको पराजय भोग्न पुग्यो ।

८८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो विकेटका लागि १६ रनको साझेदारी गरेको थियो । नेपालले पहिलो विकेटको रुपमा सिता रानामगरलाई गुमाउन पुग्यो । सीता ६ रन बनाएर आउट हुँदा १ चौका प्रहार गरिन् । उनले २० बल फेस गरिन् । त्यसपछि क्रिजमा आएकी विन्दू रावलले खास योगदान गर्न असफल रहिन् । १० बल फेस गर्दा ३ रन बनाएर आउट भइन् । टिमको स्कोर ३७ रन पुगेको बेला नेपालले तेस्रो विकेट गुमाएको थियो ।

तेस्रो विकेटको रुपमा ११.१ ओभरमा कविता कुवँर २० रन बनाएर आउट भइन् । उनले ३२ बल फेस गर्दा २ चौका प्रहार गरिन् । चौथो विकेट ४० रनमा नेपालले गुमायो । चौथो विकेटको रुपमा नेपालले इन्दू बर्मालाई गुमाउन पुग्यो । इन्दू ९ बल फेस गर्दा ४ रन बनाएर आउट भइन् । यसैगरी ५ औं विकेटको रुपमा सम्झना खड्का पभेलियन फर्किइन् ।

उनले ८ बल फेस गर्दा १ चौकाको मद्दतले ७ रन जोडिन् । त्यसपछि कप्तान रुविना क्षेत्री छैटौं विकेटको रुपमा आउट भएपछि नेपाल दबाबमा आएको थियो । रुविना १३ बल फेस गर्दा १ चौकाको मद्दतले ६ रन बनाएर आउट भएकी थिइन् ।

नेपालले छैटौं विकेट १५.३ ओभरमा ५३ रन हुँदा गुमाउन पुग्यो । अन्तिममा कविता जोशी नटआउट १५ तथा ज्योती पाण्डेले ९ रन बनाए पनि नेपालको हार टार्न असफल भए । पाकिस्तान ए का लागि साइदा एरोव साह र तुवा हुसेनले दुई दुई विकेट लिए ।

अनोसा नासिर र उम इ हानीले एक एक विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानको ए टिम १९.२ ओभरमा ८७ रनमा अल आउट भयो । नेपालका लागि इन्दू बर्माले सर्वाधिक ३ विकेट लिइन् । ह्याट्रिक अवस्थामा रहेका बेला उनको क्याच विकेटकिपर ज्योती पाण्डेले मिस गरिन् ।

पाकिस्तानले १५ ओभरमा ६५ रन बनाउँदा ७ विकेट गुमएको अवस्थामा पानी परे केहीबेर खेल रोकिन पुगेको थियो । पाकिस्तानकी सहवाल जुल्फिकरले सर्वाधिक २८ रन बनाउँदा सदाव साम्सले १२ रन जोडिन् । यसैगरी गुल फिरोजाले ११ रन बनाउँदा अरुले दोहोरो अंकमा रन बनाउन असफल रहे । नेपालका लागि इन्दू बर्माले ३ विकेट लिँदा कविता जोशी र सिता रानामगरले दुई दुई विकेट लिए ।

यसैगरी कविता कुँवरले एक विकेट लिइन् । थाइल्याण्डले प्रतियोगितामा सहभागिता नजनाएपछि नेपालले मौका पाएको हो । यो प्रतियोगितामा टेस्ट नेशन्सले ए टिम पठाएका छन् भने अरुको सिनियर टिमले नै प्रतिस्पर्धा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *