वीरगन्ज :

एसपी गौतम मिश्रको नेतृत्वमा पर्सामा ७८५ अपराधी पक्राउ

श्रेणी : अपराध

12 hours
Pradeep Sah
1.8kViews
1776 Shares

वीरगन्ज,१८ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्सा, तीन महिनामा महत्वपूर्ण सफलता हासिल गर्दै ७८५ अपराधीलाई पक्राउ गरेको छ। प्रहरी प्रमुख एसपी गौतम मिश्रको नेतृत्वमा, पर्सा प्रहरीले लागुऔषध, तस्करी, मानव बेचविखन र कालोबजारीजस्ता आपराधिक गतिविधिहरूमा कडा कदम चालेको छ।

यस अवधिमा, पर्सा प्रहरीले नेपाल-भारत खुल्ला सीमा क्षेत्रको फाइदा उठाएर तस्करी र चोरीका सामान नियन्त्रणमा लिएको छ। १३ करोड रुपैयाँको राजस्व संकलनमा योगदान पुर्याएको र २४ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ। साथै, २३ वटा लागुऔषध मुद्दामा ३१ जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ।

एसपी मिश्रको नेतृत्वमा, पर्सा प्रहरीले ५१२ वटा मुद्दामा फैसला कार्यान्वयन गरी १ करोड १२ लाख रुपैयाँ असुल गरेको छ। समग्रमा, पर्सा प्रहरीको तीन महिनाको कार्यसम्पादन सराहनीय रहेको छ, र सर्वसाधारणको समस्या समाधान गर्न सजीव संवाद कायम गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *