वीरगन्ज :

एसईई : सबैभन्दा बढी बागमतीमा र सबैभन्दा कम कर्णाली प्रदेशमा उत्तीर्ण, गणितमा धेरै अनुत्तीर्ण

श्रेणी : प्रदेश

5 days
Pradeep Sah
1.6kViews
1812 Shares

काठमाडौं,१४ असार । २०८१ को एसईईमा सबैभन्दा बढी विद्यार्थी बागमती प्रदेशबाट उत्तीर्ण भएका छन् भने सबैभन्दा कम विद्यार्थी कर्णाली प्रदेशमा उत्तीर्ण भएका छन् ।

बागमती प्रदेशबाट एक लाख १९ हजार ५१७ जना विद्यार्थी पास भएका छन् भने कर्णाली प्रदेशबाट ४६ हजार ४५५ विद्यार्थी उत्तीर्ण भएका छन् ।त्यसैगरी कोशी प्रदेशबाट ४७ हजार ८३५, मधेस प्रदेशबाट ५९ हजार ७४९, गण्डकी प्रदेशबाट ४७ हजार ८४९, लुम्बिनी प्रदेशबाट ९७ हजार ६८७ जना र सुदूरपश्चिम प्रदेशबाट ५९ हजार ८०४ विद्यार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

नतिजाअनुसार गणितमा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन् । बोर्डका अनुसार गणित विषयमा मात्रै एक लाख २८ हजार २१८ जना परीक्षार्थी ननग्रेडेड भएका छन् ।समग्रमा नतिजामा सुधार आएको भए पनि गणित विषयमा सबैभन्दा धेरै ननग्रेडेड भएका हुन् ।

यस्तै अङ्ग्रेजीमा ८० हजार ६७२ जना, नेपालीमा ५४ हजार ७३५ जना, सामाजिकमा ५३ हजार १८६ जना र विज्ञान विषयमा ७९ हजार २७१ विद्यार्थी ननग्रेडेड भएका छन् ।

यस्तै ऐच्छिक अर्थशास्त्रमा १२ हजार १५० र ऐच्छिक गणितमा १८ हजार २२२ विद्यार्थी ननग्रेडेडमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *