वीरगन्ज :

एसईई परीक्षा चैत १९ देखि सुरु, देशभर १,९६६ केन्द्र निर्धारण

श्रेणी : प्रदेश

17 hours
Pradeep Sah
1.6kViews
1516 Shares

भक्तपुर,१५ चैत । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। परीक्षा चैत १९ गतेदेखि सुरु भई चैत २९ गतेसम्म सञ्चालन हुनेछ।

यस वर्ष देशभरबाट कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन्। नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थीले परीक्षा दिने बोर्डले जनाएको छ।

परीक्षाका लागि देशभर १,९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने ११ हजारभन्दा बढी विद्यालयका विद्यार्थी सहभागी हुनेछन्। परीक्षा बिहान ८ बजे एकैसाथ सुरु गरिनेछ। जापानको एक केन्द्रबाट २३ जना विद्यार्थीले समेत एसईई दिनेछन्।

प्रदेशगत रूपमा बागमतीबाट सबैभन्दा बढी र कर्णालीबाट सबैभन्दा कम विद्यार्थी सहभागी हुनेछन्।

परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ भने क्रमशः नेपाली, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन र अन्य विषयका परीक्षा सञ्चालन हुनेछन्।

यस वर्ष बोर्डले परीक्षा अनुगमनमा कडाइ गर्दै सामूहिक अनुगमनमा रोक लगाएको छ। परीक्षा हलभित्र बाह्य व्यक्तिको प्रवेश रोकिएको छ भने पत्रकारले बाहिरी दृश्य मात्र खिच्न पाउने व्यवस्था गरिएको छ।

साथै, प्रश्नपत्र सातै प्रदेशमा फरक–फरक तयार पारिएको छ र सुरक्षा निकायको निगरानीमा सबै जिल्लामा वितरण गरिएको बोर्डले जनाएको छ।

परीक्षाको लागि प्रत्येक केन्द्रमा सुरक्षाकर्मी सहित आवश्यक जनशक्ति परिचालन गरिनेछ। बोर्डले परीक्षा मर्यादित र निष्पक्ष बनाउन सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *