श्रेणी : प्रदेश

जनकपुर,१४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।
शनिबार एक विशेष सन्देश जारी गर्दै मुख्यमन्त्री सिंहले विद्यार्थीहरूको मेहनत, धैर्य र लगनशीलतालाई मुक्तकण्ठले प्रशंसा गरेका छन्। उनले एसईईलाई शैक्षिक यात्राको एउटा महत्वपूर्ण मोड भन्दै यसबाट प्राप्त सफलता आगामी उपलब्धिहरूको ढोका खोल्ने विश्वास व्यक्त गरे।
“तपाईंहरूको यो सफलताले अझ ठूलो लक्ष्य हासिल गर्न प्रेरणा मिलोस्,” भन्दै मुख्यमन्त्रीले विद्यार्थीहरूलाई आत्मविश्वास, अनुशासन र सकारात्मक सोचका साथ अगाडि बढ्न प्रोत्साहित गरे।
उनले शिक्षालाई समृद्धि र सामाजिक परिवर्तनको मेरुदण्डका रूपमा व्याख्या गर्दै प्रदेश र राष्ट्रको भविष्य निर्माणमा आजका विद्यार्थीको सक्रिय भूमिका रहने स्पष्ट पारे। मुख्यमन्त्री सिंहले भने, “विद्यार्थीहरू राष्ट्रका आधारस्तम्भ हुन्। एसईईको सफलताले तपाईंहरूको आत्मबल अझ सुदृढ बनोस्, र भविष्यमा उल्लेखनीय उपलब्धिहरू हासिल होऊन् भन्ने मेरो शुभेच्छा छ।”
मुख्यमन्त्रीको सन्देशले मधेश प्रदेशभित्रको शिक्षा क्षेत्रमा सरकारको प्राथमिकता र प्रतिबद्धता झल्काएको छ।

प्रतिक्रिया