वीरगन्ज :

एसईईमा पर्साका ६७ प्रतिशत विद्यार्थी असफल

श्रेणी : मधेस

2 days
Pradeep Sah
2.6kViews
1428 Shares

बीरगन्ज,१४ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा पर्साका धेरै विद्यार्थी असफल भएका छन् । हिजो सार्वजनिक नतिजा अनुसार जिल्लाका ६७ प्रतिशत विद्यार्थी असफल भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ पर्साले जारी गरेको विवरण अनुसार नियमिततर्फ यो वर्ष ३२ दशमलव ४९ प्रतिशत मात्रै विद्यार्थी पास भएका छन् ।

एसईईमा पर्साबाट नियमिततर्फ १० हजार २३ जना र प्राविधिक धारतर्फ २१० जना विद्यार्थीले परीक्षा दिएका थिए । तर राष्ट्रिय परीक्षा बोर्डले हिजो प्रकाशित गरेको नतिजा अनुसार पर्सा जिल्लाबाट नियमिततर्फ ३२ दशमलव ४९ र प्राविधिक धारतर्फ १५ प्रतिशत मात्रै विद्यार्थी पास भएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ पर्साका अनुसार एसईईमा भाग लिएका कुल नियमिततर्फका विद्यार्थीमध्ये ३२५७ जना र प्राविधिकतर्फका २१० जनामध्ये ३३ जना मात्रै पास भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ पर्साका प्रमुख हरि राउतका अनुसार अधिकांश विद्यार्थीहरूको नतिजा ननग्रेड आएको हो ।

यो वर्ष पर्सा जिल्लामा १० हजार बढी विद्यार्थीले परीक्षा दिए पनि नतिजा सन्तोषजनक नआएको शिक्षा विकास तथा समन्वय एकाइ पर्साको विश्लेषण छ । सार्वजनिक नतिजा अनुसार ४ जीपीए ल्याउने विद्यार्थीको संख्या एकदम न्यून रहेको राउतले बताए । उनले ८ जना मात्रैले ४ जीपीए ल्याएर पास भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *