वीरगन्ज :

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सभामुख मण्डलद्वारा सम्मान

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.3kViews
1153 Shares

जनकपुर, २२ असार । एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका जनकपुरधामस्थित मोनास्टिक स्कुलका विद्यार्थी र शिक्षकहरूलाई मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले सम्मान गरेका छन्।

शनिबार आयोजित विशेष कार्यक्रममा सभामुख मण्डलले उत्कृष्ट उपलब्धिका लागि विद्यालयको प्रशंसा गर्दै विद्यार्थीहरूलाई बधाई दिएका थिए। उनले जनकपुरधामको शिक्षा क्षेत्रमा अझै सुधार आवश्यक रहेको उल्लेख गर्दै सम्बन्धित निकायहरू गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश प्रमुख सचेतक रामअशिष यादवले विद्यालयका ६ जना विद्यार्थीले फोर जीपीए ल्याएकोमा प्रशंसा गरे। उनले शैक्षिक उत्कृष्टताको निरन्तरता दिँदै मोनास्टिक स्कुललाई राष्ट्रिय स्तरमै उदाहरणीय बनाउन सकिने विश्वास व्यक्त गरे।

फोर जीपीए प्राप्त गर्ने विद्यार्थीहरूमा अविनाश यादव, अभिनव कर्ण, अमन महतो, धीरज पण्डित, प्रिन्स मोदी र प्रीयमराज साह रहेका छन्। उनीहरूलाई सभामुख मण्डल, नेता यादव, जनकपुरधामका पूर्व मेयर लालकिशोर साह, विद्यालयका एमडी डा. सोनुकुमार साह र प्रिन्सिपल शिखा नायकले संयुक्त रूपमा नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेका थिए।

कार्यक्रममा अन्य शिक्षक र विद्यार्थीहरूलाई पनि प्रेरणादायी योगदानका लागि सम्मान गरिएको थियो। मोनास्टिक स्कुलले यस वर्षको एसईई परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्दै क्षेत्रीय शिक्षा क्षेत्रमा उदाहरणीय प्रदर्शन गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *