वीरगन्ज :

एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराबिरुद्ध पक्राउ पूर्जी जारी

श्रेणी : BANNER

2 years
birgunj report
15Views
0 Shares

काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बुधबार काठमाडौं प्रहरीले रायमाझीका बाबु छोराविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी गर्ने अनुमति पाएको हो । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा रायमाझी र उनका छोराको पनि नाम मुछिए पछि काठमाडौं प्रहरी परिसरले पक्राउ पूर्जी जारी गरेको हो ।

प्रहरीले मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पक्राउ गरेको थियो भने बुधबार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई यही प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *