
श्रेणी : BANNER
काठमाडौँ । नेकपा एमालेले चार जनाको नाम टुंगो लगाएको छ । एमालेले विमला राई पौड्याल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेतीलाई मन्त्री बनाउने भएको हो । एमालेको भागमा परेको आठ मध्ये चार जना यसअघि नै मन्त्री बनिसकेका छन् । एमालेले पौड्याललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने भएको छ । त्यस्तै गिरीले स्वास्थ्य मन्त्रालय पाउने भएका छन् ।
माओवादीबाट शर्मा, मोदी र किराँती मन्त्री बन्ने
नेकपा माओवादी माओवादी केन्द्रका तर्फबाट रेखा शर्मा, अमनलाल मोदी, सुदन किराँती मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रको मंगलबार बिहान बसेको पदाधिकारीहरुको अनौपचारिक बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । माओवादीले प्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात, सूचना सञ्चार तथा प्रविधि, संस्कृति पर्यटन तथा नागरिक उड्ययन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने टुंगो भएको हो । यसअघि नै भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा नारायणकाजी श्रेष्ठलाई दिइसकिएको छ ।

प्रतिक्रिया