
श्रेणी : BANNER
काठमाडौं । जनता समाजवादी पार्टीले मंसिर ४ को निर्वाचनमा नेकपा एमालेसँग १४ जिल्लामा चुनावी तालमेल गर्न सहमति गरेको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सहमतिमा हस्ताक्षर गरेका हुन् ।
सहमतिअनुसार एमाले र जसपाबीच ५२ निर्वाचन क्षेत्रमा तालमेल हुने छ । तालमेल नभएका जिल्लाहरुमा मित्रवत् प्रतिस्पर्धा गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ । तालमेल गरिएका ५२ निर्वाचन क्षेत्रमध्ये एमालेले ३५ सिट लिएर १७ सिट जसपालाई दिने सहमति भएको छ ।
प्रतिनिधि सभातर्फ सप्तरी–१, २ र ४ मा जसपाले उम्मेदवारी दिनेछ । त्यस्तै सिरहाको २ र ४, धनुषाको १, महोत्तरीको ३ र ४, सर्लाहीको १ र ४, रौतहटको २, बाराको २, पर्साको १ र २, रुपन्देही–४, मोरङ–५, र सुनसरी–१ जसपाको भागमा परेको छ । एमालेको भागमा सप्तरी–३, सिरहा–१ र ३, धनुषा–३ र ४, महोत्तरी–१, सर्लाही–२ र ३, रौतहट–३ र ४, बारा–१ र ४, पर्सा–३ र ४, नवलपरासी (पश्चिम)–१ र २, रुपन्देही–१, २ र ३, कपिलवस्तु–१, २ र ३, कैलाली–१, २, ३, ४ र ५, मोरङ–१, २ ३, ४ र ६, सुनसरी–२, ३ र ४ परेको छ । प्रदेशसभातर्फ एमालेले ७० निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएर जसपालाई ४२ सिट दिनेगरी सहमति भएको छ ।




प्रतिक्रिया