वीरगन्ज :

एमाले पर्सा–२ की उम्मेदवार रिमा यादवद्वारा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

श्रेणी : BANNER

7 hours
Pradeep Sah
2.1kViews
1993 Shares

वीरगञ्ज, पर्सा । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ को चुनावी अभियान अन्तर्गत वीरगञ्ज महानगरपालिका–२५ श्रीसियामा आयोजित अगुवा भेला कार्यक्रममा प्रतिनिधिसभा उम्मेदवार रिमा यादवले आफ्नो धारणा राखेकी छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले क्षेत्रको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य र कृषि विकासलाई प्राथमिकतामा राखेर विद्यमान समस्याको दिगो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले गुणस्तरीय शिक्षाको पहुँच विस्तार, आधारभूत स्वास्थ्य सेवा सुदृढीकरण तथा कृषकको जीवनस्तर उकास्ने कार्यक्रममार्फत रोजगारी सिर्जना गर्ने योजनाबारे स्पष्ट पारिन् ।
यादवले विकासका नाममा भएका अधुरा काम पूरा गर्दै जनताको विश्वास अनुसार काम गर्ने बताउँदै आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित गर्न सबैलाई एकजुट हुन आग्रह गरिन् । कार्यक्रममा स्थानीय अगुवा, पार्टी कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *