वीरगन्ज :

एमाले पर्सा सचिव दास परिवारले अभिभावक बिहिन बालिकासँग मनाए छोरीको जन्मदिन

श्रेणी : मधेस

1 month
Pradeep Sah
1.7kViews
1043 Shares

वीरगंज, २० पुस –  नेकपा एमाले पर्साका सचिव महेश दासले अभिभावक बिहिन एक बालिकालाई कक्षा १ देखि १० सम्म पढाउने जिम्मा लिएका छन्। नेपाल पोस्ट डेली डटकममा प्रकाशित समाचार पढेपछि सखुवा प्रसौनी गाउँपालिका वडा नं। ५ निवासी ५ वर्षीय सिया कुमारी कुशवाहालाई दासले आफ्नो छोरीको जन्मदिनको अवसरमा न्यानो कपडा प्रदान गर्नुका साथै १० कक्षासम्मको अध्ययनका लागि आवश्यक सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेका हुन्।

छोरीको प्रत्येक जन्मदिनको अवसरमा सामाजिक कार्य गर्दै आएका एमाले सचिव दासले यसपटक आमाबुवा गुमाएकी सिया कुशवाहालाई सहयोग गरेका हुन्। सचिव दासको छोरीले १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको अवसरमा दास परिवारले सिया कुमारीलाई दुई सेट न्यानो कपडा प्रदान गरेका थिए। साथै, वीरगंजमा रहेको अनमोल स्वीट्समा मिठो परिकारसहित आफ्नो छोरीको जन्मदिन सिया कुमारीसँग मनाएका थिए।

केही दिनअघि मात्रै नेपाल पोस्ट डेली डटकमले “अभिभावक बिहिन बालिकाको शिक्षा र भरणपोषणका लागि हजुरआमाको मार्मिक अपिल” शीर्षकमा समाचार प्रकाशन गरेको थियो।

सचिव दासले छोरी श्रेया दासले पनि आजकै दिनदेखि बचत गर्ने बानी सुरु गरेको र उक्त बचतको पैसा सामाजिक कार्यमा खर्च गर्न प्रोत्साहन गरिने बताए। उनले सिया कुशवाहाको अवस्थाबारे समाचार पढेपछि घरमा छलफल गरेको र उक्त समाचार छोरीलाई पनि पढ्न दिएको बताए। परिवारिक सल्लाह अनुसार नै सिमा कुमारसँग छोरी श्रेयाले जन्म उत्सव मनाएको सचिव दासले बताए ।

 श्रेया दास
श्रेया दास

 

सिया जस्तै अभिभावक गुमाएका बालबालिकाको भरणपोषण र शिक्षादिक्षाको जिम्मेवारी समाजको भएको बताउँदै, यस्ता बालबालिकालाई सहयोग गर्न सबैमा अपिल गरे। दास परिवारले हरेक नेपालीले आफ्ना नानीबाबुलाई सानो उमेरदेखि नै सामाजिक कार्यमा सहभागी गराउनुपर्नेमा जोड दिए।

नयाँ कपडा र मिठो परिकारको अवसर पाउँदा सिया कुमारी खुशी भएकी छन्। उनकी हजुरआमा कान्ति देवीले नेपाल पोस्टलाई दिएको जानकारीअनुसार सियाले आफूलाई पढ्न र नयाँ लुगा पाउने कुरा सुनेर हर्षित भएकी छिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *