वीरगन्ज :

एमाले नेतृत्वको गठबन्धन राजतन्त्र पुनःस्थापना गर्ने दाउमा छः प्रचण्ड

श्रेणी : BANNER

2 years
birgunj report
7Views
0 Shares

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन कमजोर भए देश दुर्घटनामा जाने बताएका छन्। आइतबार सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई कैलालीको धनगढीमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले आगामी निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

उनले एमाले गठबन्धनको उद्देश्य गणतन्त्र उल्ट्याउने र राजतन्त्र पुनःस्थापना गर्ने रहेको बताए। आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ हुने उनको भनाइ छ। उनले भने, ’बामपन्थी र कांग्रेसको गठबन्धनले इतिहासमा ठूला ठूला परिवर्तन भएका छन, त्यसैले यो देश जोगाउन, संविधान जोगाउन र प्रतिगमन सच्याउने चुनाव हो, गठबन्धनमा निर्धक्क भोट हाल्नुहोला।’

जतिबेला काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र आफ्नो बीचमा शान्ति सम्झौतामा हस्ताक्षर भयो, त्यती बेला नै आफूले रुखमा भोट हालिसकेको उनले बताए ।

उनले भने,’जतिबेला शान्ति सम्झौतामा गिरिजाबाबु र मैले हस्ताक्षर गर्यौं, त्यतिबेला मैले रुखमा भोट हालीसकेँ। अनी गरिजाबाबुले पनि हँसिया हतौडामा भोट हालिसके।’ उनले चुनाव चिह्न देख्दा भोट हालौं की नहालौं भन्ने कुरा त्यागिदिन आग्रह गरे । उनले केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले ’एमाले’ नभएको जिकिर गर्दै माधवकुमार नेपाललाई ढाडस दिने प्रयास गरे ।

उनले भने,’अहिलेको एमाले एमाले होइन, माधवकुमार नेतृत्वमा रहेको बेलाको पो एमाले हो। विस्तृत शान्ति सम्झौताका बेला ओली नेतृत्वमा हुन्थे भने अहिले यो व्यवस्था आउने थिएन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *