वीरगन्ज :

एमालेविरुद्ध लाग्नेहरुलाई अरिङ्गाल बनेर ध्वस्त पार्न ओलीको निर्देशन

श्रेणी : BANNER

2 years
birgunj report
10Views
0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध लाग्नेहरुलाई अरिङ्गाल बनेर ध्वस्त पार्न निर्देशन दिएका छन् । राष्ट्रिय युवा संघ, नेपालको प्रचार भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध लाग्नेलाई नछाड्न निर्देशन दिएका हुन्।

उनले भने, ’अरिंगालजस्तो प्रचारवाजीमा लाग्नुपर्छ भन्दा अरिंगाल लगाउने कुरा गर्यो भन्छन् । लगाउने नै हो। हाम्राविरुद्ध सारा सञ्चारमाध्यम लगाउन हुन्छ । बारुला भएर लाग्न हुन्छ। अनि हामी अरिंगाल बन्न नहुने?’ ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरु गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताए ।

अध्यक्ष ओलीले सत्तारुढ दलहरुलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले त्रिशुलीको भेलले बगाएजसरी बगाउने निश्चित भएपछि उनीहरुले गठबन्धनको त्यान्द्रो समाउनु परेको जिकिर गरे । उनले अनेकथरी प्रतिक्रियावादी शक्तिहरु मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको उनले बताए ।

अध्यक्ष ओलीले एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरर काम्ने गरेको बताए । उनले भने, ‘अनेक थरी प्रतिक्रियावादी शक्तिहरु मिल्दा पनि प्रमुख पार्टीबाट कमजोर पार्न सकेका छैनन् । अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाविला गर्ने कुरा त्यही पनि उनीहरुको धनु कामेको छ एमाले देखेपछि । गर्मीमा पनि उनीहरु धेरै जाडोमा मानिसहरु काम्छ नि थरर त्यसरी कामेका छन । त्यसैकारण उनीहरुले यो गठबन्धन बनाउनु परेको छ र । यो गठबन्धन मरिगए छोड्दैन । यो त्यान्द्रो समातेनन् र छोडेभने यिनीहरु त्रिशुलीको भेलमा पुगेजस्तो हुन्छ ।’

अध्यक्ष ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै मुलुकको समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन सक्ने जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *