वीरगन्ज :

एमालेले भन्यो-प्रधानमन्त्रीज्यू, भ्रष्टाचारका सबै विषय छानबिन होस्, हामी फिल्म हेर्न आतुर छौँ

श्रेणी : BANNER

2 years
birgunj report
31Views
0 Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारलाई सबै भ्रष्टाचारका घटनामा छानबिन गर्न चुनौती दिएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा गिरीले नक्कली भुटानी शरणार्थी प्रकरणको कारबाही प्रधानमन्त्रीले ट्रेलर भनेको भन्दै अब आफूहरु टिकट नै काटेर फिल्म हेर्न बसेको बताएका हुन् ।

उनले भने,‘प्रधानमन्त्रीज्यूले बाहिर भन्दै हिँड्नु भएको छ– भ्रष्टाचारको सवालमा यो ट्रेलर मात्रै हो, फिल्म आउन त बाँकी नै छ । सम्माननीय प्रधानमन्त्रीज्यू, हामी फिल्म हेर्न आतुर छौँ । हामी तपाईंले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ । फिल्म देखाउनुस् ।’

अब वाइडबडी, बाँसबारी जग्गा घोटाला काण्ड, यति, ओम्नी, लडाकू शिविरका घोटाला काण्डको छानबिन गर्नुपर्ने बताउँदै उनले यसमा एमालेले सघाउने प्रतिबद्धता जनाए । उनले एमाले दोषी जोगाउने पक्षमा नरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *