वीरगन्ज :

एमालेले कोरेको र बाँकी विकास निर्माणको कार्यभार पनि एमालेले नै पूरा गर्छः अध्यक्ष ओली

श्रेणी : BANNER

2 years
birgunj report
6Views
0 Shares

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासको जिम्मा एमालेको भएको बताएका छन् । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार हुनुभन्दा अघि देशमा विभिन्न सरकार रहेका भए पनि एमालेको नेतृत्वमा सरकार भएको समयमा मात्र विकास निर्माणले गति लिएको बताए ।

बुधबार झापाको दमकमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा विकासको मार्गरेखा एमालेले कोरेको र बाँकी विकास निर्माणको कार्यभार पनि एमालेले नै पूरा गर्ने बताए ।

नेपालमा औद्योगीकरण, गरिवी निवारण, पर्यटन क्षेत्रको विकास जस्ता कुराहरुमा एमालेको अगुवाई रहँदै आएको भन्दै अध्यक्ष ओलीले देशमा कहाँ कुन विकासको खाँचो छ त्यसलाई एमालेले पूरा गर्ने बताए ।

एमालेका कुनै पनि जनप्रतिनिधिले जनविरोधी कार्य गरे वा भ्रष्टाचार गरे त्यसको जिम्मेवारी एमालेले लिने भन्दै उनले एमालेका उम्मेदवार विरुद्धका कुनै पनि हल्ला र भ्रमका पछाडि नलागी ढुक्क भएर नेपाली जनता र देशको पक्षमा रहेको एमाले र यसका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गरे ।

अध्यक्ष ओलीले माओवादीले ठूला क्रान्तिका सपना बाँडेर ‘जनयुद्ध’ मा होम्दा १७ हजार नेपाली नागरिकले ज्यान गुमाएका, कयौं बेपत्ता, अपाङ्गता र घाइते अवस्थामा रहेको उल्लेख गर्दै माओवादी नेतृत्वसँग नेपाली जनताले त्यसको उद्देश्य, उपलब्धि र कारण खोजिरहेको बताए ।

माओवादी नेतृत्व यिनको पीडा मर्म भावनामा चोट पुग्ने गरी आफ्ना नातागोता पोस्ने कमाउ धन्दामा लागेको बताए ।

आसन्न निर्वाचनमा अध्यक्ष ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् । यस क्षेत्रमा प्रदेश सभा सदस्यका लागि ५(१) मा पार्टीका स्थायी कमिटी सदस्य हिक्मत कार्की हुनुहुन्छ भने ५(२) मा प्रदेश कमिटीका सचिवालय सदस्य होम बहादुर थापा छन् ।

कार्यक्रममा कार्की र थापाका साथै पार्टीका पोलिटव्यूरो सदस्य तथा झापा निर्वाचन क्षेत्र नं. ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द दाहाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *