श्रेणी : BANNER
काठमाडौं । हत्या अभियोगमा थुनामा राख्न अदालतले आदेश दिएपछि फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महत्तो कोइरीलाई पार्टीले संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस गरेको छ ।
एमालेले संघीय संसद सचिवालयमा बुझाएको विवरण अनुसार सांसद कोइरी उद्योग समितिमा सिफारिस भएका हुन् । मधेस आन्दोलनका क्रममा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असई थमन बिकको हत्यामा संलग्न भएको भन्दै उनलाइ सजाय सुनाएपछि कोइरी फरार रहेका छन् । तर, उनले संसद सचिवालयमा पत्र लेखेर स्वास्थ्यका कारण देखाउँदै बैठकमा उपस्थित हुन नसकेको जनाउँदै आएका छन् ।
बिना सुचना १० पटकसम्म लगातार बैठकमा अनुपस्थित भएमा स्वतः सांसद पद खारेज हुने भए पछि कोइरीले पत्र लेखेर उपस्थित हुन नसकेको जनाएका हुन । उद्योग समितिमा कोइरीसहित रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ताको नाम सिफारिस गरिएको छ ।
प्रतिक्रिया