वीरगन्ज :

एमालेद्वारा युवाहरुको मुख थुनेर बोल्न नदिएको घटनाबारे सरकारसँग जवाफ माग

श्रेणी : BANNER

2 years
birgunj report
10Views
0 Shares

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले केही युवामाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गरेकी छन् ।

बुधबारको राष्ट्रियसभा बैठकमा सांसद राईले युवाहरु बोल्न खोजेका बेलामा प्रहरीहरुले उनीहरुको जबरजस्ती मुख थुनेको र घाँटी न्याकेको भन्दै नागरिकले बोल्न पाउने अधिकारमाथि प्रहरीले ज्यादती गर्नुको कारण सरकारसँग माग गरेकी हुन् ।

उनले संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने अधिकार सबै नागरिकलाई दिएको भन्दै मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ की छैन भन्दै प्रश्न गरिन् ।

मंगलवार प्रधानमन्त्री दाहाल सार्वजनिक समारोहमा सहभागी हुन जाँदै गर्दा तीन जना युवाले बानेश्वरमा प्रधानमन्त्रीबिरुद्ध नाराबाजी गर्नुका साथै बैंकको ब्याज मिनाहाको माग गरेका थिए । त्यसपछि प्रहरीले उनीहरुको मुख थुनेर पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *